१९ असार २०८३, शुक्रबार

राष्ट्रपति पौडेलसँग चीनका उपविदेशमन्त्रीले गरे शिष्टाचार भेट

असार १२, २०८१
काठमाडौं
राष्ट्रपति पौडेलसँग चीनका उपविदेशमन्त्रीले गरे शिष्टाचार भेट

राष्ट्रपति रामचन्द्र पौडेलसँग चीनका उपविदेशमन्त्री सुन वेइतोङले शिष्टाचार भेट गरेका छन् । 

राष्ट्रपति भवनमा भएको उक्त भेटमा नेपाल–चीन सम्बन्धका साथै आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

त्यस अवसरमा राष्ट्रपति पौडेलले चीन नेपालको प्रमुख एवं लामो समयदेखिका विकास साझेदार रहेको बताएका थिए ।

साथै उनले करिब सात दशकदेखि नेपालको विकास प्रयासमा चीनले गरेको सहयोग निम्ति कृतज्ञता ज्ञापन गरे ।

भेटमा राष्ट्रपति पौडेलले मित्रराष्ट्र चीन नेपालको प्रमुख एवं लामो समयदेखिको विकास साझेदार रहिआएको र यसले सधैं नेपालको विकास प्रयासमा योगदान पुर्‍याएको बताए ।

उनले नेपाल सन् २०२६ मा अल्पविकसित देशको श्रेणीबाट स्तरोन्नति हुन लागेको सन्दर्भमा चीनले थप सहयोग गर्ने विश्वास व्यक्त गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्