२० असार २०८३, शनिबार

बारामा ८७ हजार मेट्रिकटन मकै उत्पादन

असार १२, २०८१
बारा
बारामा ८७ हजार मेट्रिकटन मकै उत्पादन

बाराका किसानले यस वर्ष १४ हजार चार सय ९० हेक्टर जमिनमा हिउँदे र बर्खे मकैखेती गरी ८६ हजार छ सय ९५ मेट्रिकटन उत्पादन गरेका छन् ।

जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार पाँच हजार आठ सय ६० क्षेत्रफलमा हिउँदे मकैखेती गरेर ३७ हजार पाँच सय चार मेट्रिकटन उत्पादन भएको हो ।

यसैगरी, आठ हजार ६ सय ३० हेक्टरमा गरिएको बर्खेमकैबाट ४९ हजार एक सय ९१ मेट्रिकटन उत्पादन भएको छ ।

गत वर्ष किसानले हिउँदे मकै पाँच हजार आठ सय ५० हेक्टर क्षेत्रफलमा खेती गरी ३७ हजार चार सय ४० मेट्रिकटन उत्पादन गरेका थिए ।

गत वर्षको तुलनामा यस वर्ष अधिक जमिनमा खेती गरिएको भए पनि अपेक्षाकृत उत्पादन नभएको केन्द्रले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्