०७ साउन २०८३, बिहीबार

विराटनगरमा अविरल वर्षाको असरः ७ वटा उडान रद्ध

असार १२, २०८१
विराटनगर
विराटनगरमा अविरल वर्षाको असरः ७ वटा उडान रद्ध

अविरल वर्षाका कारण विराटनगर विमानस्थलका सातवटा उडान रद्ध भएका छन् ।

विराटनगरको रनवेमा पानी जमेका कारण बुधवारका सात उडान रद्द भएको विमानस्थलका सूचना अधिकारी युवराज भण्डारीले बताए ।

null

दिनमा १८ देखि २० उडान हुने गरेकोमा सातवटा रद्द भएको उनले जानकारी दिए । 

‘विराटनगरबाट १८ देखि २० वटा फ्लाइट हुने गरेका थिए,’ उनले भने ‘सातवटा क्यान्सिल भएका छन् ।’

रद्द भएका सातबाहेक अन्य भने सुचारु भएको उनको भनाइ छ ।

null 

‘श्री एयरलाइन्सको एउटा जहाज काठमाडौंबाट आएर यात्रु लिइ फेरि उतै फर्किसकेको छ,’ उनले भने ।

सौर्यको एउटा जहाज पनि काठमाडौंबाट विराटनगरका लागि उडिसकेको उनले बताए ।

null

भण्डारीका अनुसार बुधवार विराटनगरबाट बुद्ध एयरले चार, यतिले पाँच, श्रीले दुई र सौर्यले एउटा उडान भर्दै थिए ।

कमेन्ट गर्नुहोस्