०७ असार २०८३, आइतबार

परराष्ट्रमन्त्री श्रेष्ठ र चिनियाँ उपविदेशमन्त्री सुनबीच भेटवार्ता

असार १२, २०८१
काठमाडौं
परराष्ट्रमन्त्री श्रेष्ठ र चिनियाँ उपविदेशमन्त्री सुनबीच भेटवार्ता

उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग चीनका उपविदेशमन्त्री सुन वेइतोङले शिष्टाचार भेट गरेका छन् ।

परराष्ट्र मन्त्रालयमा भएको उक्त भेटमा नेपाल–चीन सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा कुराकानी भएको उक्त मन्त्रालयले जनाएको छ ।

साथै उनीहरूबीच आपसी सहयोगका परियोजनाबारे पनि छलफल भएको थियो ।

परराष्ट्रमन्त्रीले नेपालको विकास प्रयासमा चीनबाट प्राप्त सहयोगका निम्ति आभार व्यक्त गर्दै भविष्यमा पनि त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।

उपविदेशमन्त्री सुन नेपाल–चीन परराष्ट्रसचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १६औं बैठकमा सहभागी हुने सिलसिलामा गत सोमबारदेखि नेपालको तीन दिने औपचारिक भ्रमणमा थिए ।

उनी आजै स्वदेश फर्किएका हुन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्रालयका उत्तरपूर्वी एशिया महाशाखाका प्रमुख कृष्णप्रसाद ढकाल तथा नेपालका लागि चिनियाँ राजदूत छन सङले बिदाइ गरेका थिए ।

कमेन्ट गर्नुहोस्