०१ साउन २०८३, शुक्रबार

मनसुन केन्द्रित विपद् पूर्वतयारीमा एनसेल, र्‍यापिड रेस्पोन्स टिम गठन

असार १२, २०८१
काठमाडौं
मनसुन केन्द्रित विपद् पूर्वतयारीमा एनसेल, र्‍यापिड रेस्पोन्स टिम गठन

एनसेलले बाढी र पहिरोजस्ता प्राकृतिक प्रकोपका कारण प्रभावित हुन सक्ने आफ्ना सेवाको द्रुत गतिमा पुनः सञ्चालन र निरन्तरता सुनिश्चित गर्न विभिन्न उपायहरू कार्यान्वयन गरेको छ ।

विपद् पूर्वतयारी र प्रतिकार्यको तयारीका रूपमा मनसुनसम्बन्धी प्रकोपका कारण दूरसञ्चार सेवामा हुने सक्ने अवरोधलाई सम्बोधन गर्न प्रत्येक जिल्लामा र्‍यापिड रेस्पोन्स टोली (आरआरटी) गठन गरिएको एनसेलले जनाएको छ । 

यी टोलीहरूलाई विशेष रूपमा आपतकालीन अवस्था सम्हाल्दै सकेसम्म चाँडो सेवा पुनः सुचारु गर्न तालिम दिइएको छ ।

त्यसैगरी, तयारी स्वरूप एनसेलले नियमित अवस्थाको तुलनामा फिल्डमा खट्ने आफ्नो जनशक्ति १० प्रतिशतले बढाएको छ । यो अतिरिक्त जनशक्तिले सेवाहरू अवरोध भएको खण्डमा कम समयमा नै अवरुद्ध सेवा सञ्चालनका लागि ठूलो भूमिका खेल्ने कम्पनीले जनाएको छ ।

विपद्का कारण सडक अवरोध नभएको अवस्थामा सेवा प्रभावित क्षेत्रमा ४ देखि ६ घण्टाभित्र सेवा सुचारु गर्न प्रतिबद्ध रहेको एनसेलले जनाएको छ ।

विपद्को समयमा विद्युत् आपूर्ति अवरुद्ध हुने कुरालाई मध्ये नजर गरेर एनसेलले आफ्ना टावरहरूमा ब्याट्री ब्याकअपको व्यवस्था गरेको छ । कम्पनीका अनुसार यी ब्याट्रीहरूले लगातार विद्युत्‌को आपूर्तिमा समस्या आएमा ४ देखि ६ घण्टासम्म टावरहरू सञ्चालन गर्न मद्दत गर्दछ ।

एनसेलले विपद्का बेलामा अत्यावश्यक दूरसञ्चार सेवा उपलब्ध गराउन डिजेल जेनेरेटर र सेल अन ह्वील पनि तयार गरेको छ । विपद्को बेलामा विद्युत् आपूर्ति र पूर्वाधारमा असर पर्ने हुनाले दूरसञ्चार सेवा सञ्चालन गरी आम जनमानसलाई सम्पर्कमा राख्नका लागि यी स्रोतहरूले धेरै ठूलो महत्त्व राख्ने कम्पनीको विश्वास छ ।

जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा एनसेलले बाढी र पहिरोको सम्भावित जोखिमका बारेमा एसएमएस अलर्टमार्फत पूर्वजानकारी प्रदान गर्दै आएको छ ।

गत वर्ष मात्र एनसेलले मानव जीवन र सम्पत्तिको सुरक्षामा उल्लेखनीय योगदान पुर्‍याउँदै १ करोडभन्दा बढी यस्ता एसएमएस अलर्टहरू पठाएको थियो ।

विभागको टोल–फ्रि सेवा ११५५ मा डायल गरेर बाढीसम्बन्धी पूर्वसूचना लिन पनि सकिने कम्पनीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्