०९ साउन २०८३, शनिबार

दक्षिण अफ्रिकाविरुद्ध पहिले ब्याटिङ गर्दै अफगानिस्तान

असार १३, २०८१
काठमाडौं
दक्षिण अफ्रिकाविरुद्ध पहिले ब्याटिङ गर्दै अफगानिस्तान

पहिलोपटक आइसीसी टी-ट्वान्टी विश्वकपको सेमिफाइनल खेलिरहेको अफगानिस्तानले दक्षिण अफ्रिकाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।

ब्रायन लारा रंगशालामा बिहीबार बिहान टस जितेर अफगानिस्तानले ब्याटिङ रोजेको हो । अहिलेसम्म दुवै टोली फाइनल पुगेका छैनन् ।

दक्षिण अफ्रिकाले तेस्रोपटक सेमिफाइनल खेल्दैछ । भारतसँग पराजित भएको अफगानिस्तान अष्ट्रेलिया र बंगलादेशलाई  हराउँदै  इतिहासमा पहिलोपटक सेमिफाइनलमा पुगेको  हो ।

दक्षिण अफ्रिका यसअघि सन् २००९ र २०१४ को टी ट्वान्टी विश्वकपको सेमिफाइनल पुगेको थियो ।  

जारी विश्वकप दक्षिण अफ्रिका र भारत मात्र ७ खेलमा अपराजित छन् । भारतले दोस्रो सेमिफाइनलमा इङ्ल्यान्डको सामना गर्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्