२५ जेठ २०८३, सोमबार

जर्जियासँग पोर्चुगल पराजित

असार १३, २०८१
काठमाडौं
जर्जियासँग पोर्चुगल पराजित

युरोकप २०२४ अन्तर्गत समूह 'एफ' को अन्तिम खेलमा पोर्चुगल जर्जियासँग पराजित भएको छ । बिहीवार बिहान सम्पन्न खेलमा जर्जियासँग पोर्चुगल २-० गोलले पराजित भएको हो । 

हारका बाबजुद पोर्चुगल भने समूह विजेता भने बन्यो । पोर्चुगल र टर्की समान ६-६ अंकका साथ क्रमश: शीर्ष २ स्थानमा रहे ।

खेलको दोस्रो मिनेटमा गोल गर्दै क्भारात्क्षेलियाले बलियो टोली पोर्चुगलविरुद्ध अग्रता दिलाएका थिए । पोर्चुगलले दोस्रो हाफमा थप एक गोल ब्यहोर्‍यो।

५७औं मिनेटमा जर्जियाका मिकाउताद्जेले पेनाल्टीमार्फत् गोल गरेका थिए । 

पहिलोपटक युरोमा सहभागी भएको जर्जिया ४ अंकका साथ अन्तिम १६ मा प्रवेश गरेको छ ।

१ अंक जोडेको चेकरिपब्लिक भने बाहिरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्