२६ जेठ २०८३, मंगलबार

मनसुनजन्य विपद्‌बाट १७ दिनमा २८ जनाको मृत्यु, ३८ घाइते

असार १३, २०८१
काठमाडौं
मनसुनजन्य विपद्‌बाट १७ दिनमा २८ जनाको मृत्यु, ३८ घाइते

पछिल्लो दुई सातामा मनसुनजन्य विपद्का घटनामा परेर २८ जनाको ज्यान गएको छ । जेठ २८ गतेदेखि असार १२ (बुधबार)सम्म देशभर मनसुनजन्य घटनाबाट २८ जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ । यही अवधिमा ३८ जना घाइते भएका छन् । 

यसमध्ये बाढीबाट एक जनाको मृत्यु भएको हो । ज्यान गुमाउनेमा ​मोरङका एक जना छन् भने दुई जना घाइते भएका हुन् । 

यस्तै, विभिन्न ठाउँका पहिरोमा परेर १४ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ । 

ज्यान गुमाउनेमा ताप्लेजुङ र जमजुङका पाँच/पाँच जना छन् । संखुवासभा, ओखलढुङ्गामा एक/एक र कास्कीका दुई जनाको ज्यान गएको हो । 

बाढी पहिरोमा परेर १२ जना घाइते भएका छन् भने २५ घर पूर्ण रूपमा क्षति भएको मन्त्रालयले जनाएको छ । 

दुई साताकै अवधिमा चट्याङबाट मात्रै १३ जनाको ज्यान गएको छ भने २४ जना घाइते भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्