
सिन्धुली कलेज अफ होटेल म्यानेजमेन्ट र इमोसियन क्रिएसनबीच सम्झौता भएको छ । जापानो ओकिनावामा रहेको क्रिएसनसँग कलेजले सम्झौता गरेको हो ।
कलेजका तर्फबाट समिर ढकाल र इमोसियन क्रियसनबाट मासहिरो इसिकावाले सम्झौतामा हस्ताक्षर गरे । सम्झौताले नेपालबाट अध्ययनका लागि जापान पुगेका विद्यार्थीलाई रोजगारी प्राप्त गर्न सहयोग मिल्ने विश्वास गरिएको छ ।
सिन्धुलीको कमलामाई नगरपालिका ६ मा अवस्थित कलेजमा प्लस टु अध्ययन गरेका र जापानिज भाषाको एनफोर उत्तीर्ण गरेका विद्यार्थीले जापानमा रोजगारी पाउने छन् ।
सिन्धुली कलेज अफ होटेल म्यानेजमेन्ट प्लस टु, होटेल म्यानेजमेन्ट, डिप्लोमा इन हस्पिटालिटि र जापानी भाषाको पनि पढाइ हुने गरेको कलेजका प्रमुख समिर ढकालले जानकारी दिए ।
कलेजका धेरै विद्यार्थीहरू विदेश तथा स्वदेशका विभिन्न पाँच तारे होटल तथा रिसोर्टमा कार्यरत रहेको ढकालले जानकारी दिए ।
ढकालका अनुसार विभिन्न मुलुकमा गरेर ५० जना विद्यार्थीहरू आकर्षक तलब तथा सेवासुविधासहित विदेशमा कार्यरत छन् ।
सिन्धुलीको रातमाटामा रहेको कलेज खुलेको सात वर्ष भइसकेको छ ।