०६ साउन २०८३, बुधबार

राष्ट्रियसभा बैठकः शून्य समयमा विभिन्न जनसरोकारका विषय उठाउँदै सांसद

असार १३, २०८१
काठमाडौं
राष्ट्रियसभा बैठकः शून्य समयमा विभिन्न जनसरोकारका विषय उठाउँदै सांसद
फाइल तस्वीर ।

राष्ट्रियसभाको बैठक शुरू भएको छ । बिहीवार दिउँसो शुरू भएको बैठकको शून्य समयमा सांसदहरूले विभिन्न जनसरोकारका विषय उठाउने क्रम जारी रहेको छ ।

बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी  गराइने  र राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले ‘विनियोजन विधेयक, २०८१’ का सम्बन्धमा प्रतिनिधिसभावाट प्राप्त सन्देश सभा समक्ष टेबुल गरिने कार्यसूची छ ।

यसैगरी अर्थमन्त्री वर्षमान पुनले राष्ट्रियसभा नियमावली, २०७५ को नियम १३३ ९क० को उपनियम (२) बमोजिम ‘विनियोजन विधेयक, २०८१’ सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्