
नेकपा (एकीकृत समाजवादी)ले २१ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको छ ।
बिहीवार आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकले २१ पदाधिकारी र २९९ केन्द्रीय सदस्य बनाउने निर्णय गरेको जानकारी प्रवक्ता जगन्नाथ खतिवडाले दिए ।
यसअघि एकीकृत समाजवादीमा १९९ केन्द्रीय सदस्य थिए ।
पदाधिकारीमा अध्यक्ष, सम्मानित नेता, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिवसहितका पदाधिकारी हुनेछन् ।
पदाधिकारीतर्फ यसअघिको सम्मानित नेताको अभ्यास कायम नै राखिएको छ । वरिष्ठ उपाध्यक्ष भनेर नयाँ पद सिर्जना गरिएको छ ।
यस्तै पार्टीले महिला उपाध्यक्षको पनि व्यवस्था गरिएको छ । केन्द्रीय समिति महाधिवेशनको हलबाट अनुमोदन हुनेछ ।
नेकपा (एमाले)बाट विभाजित भएर नयाँ बनेको एकीकृत समाजवादीले यही असार १६ देखि २० गतेसम्म १० औं महाधिवेशन गर्न लागेको हो ।