![कनेक्ट आईपीएसको प्रयोग अवैध जुवामा: लोकान्तरले समाचार लेखेपछि संसद्मा उठ्यो कुरा [भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/Asim-Kumar-Shah_QC4ltbMIco.jpg)
अवैध अनलाइन जुवामा नेपाली भुक्तानी प्रणाली सञ्चालक संस्था कनेक्ट आईपीएसको प्रयोग भएको सम्बन्धमा शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा कुरा उठेको छ ।
वान एक्स बेट नामको सत्तेबाजी चलाउने वेबसाइटमा पैसा तिर्न र निकाल्न नेपाल क्लियरिङ हाउसबाट संचालित कनेक्ट आइपीएसको प्रयोग भएको भन्दै लोकान्तरले बिहीबार 'अवैध सट्टेबाजीमा कनेक्ट आईपीएसको खुल्लमखुला प्रयोग, अनुसन्धान गर्दै प्रहरी' शीर्षकमा समाचार लेखेको थियो ।
सोही समाचारको अंशलाई उद्धृत गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले यसबारे सरकारको ध्यानाकर्षण गराएका हुन् ।
'नेपालमा वान एक्स बेट प्रतिबन्ध छ । राष्ट्र बैंकले पनि पटक-पटक यस्ता काम बन्द गर्न चेतावनी दिइरहेको छ,' प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद शाहले भने, 'नेपाली साइट नै चलाएको वन एक्स बेटमा पैसा दिन र लिन कनेक्ट आईपीएसको प्रयोग हुनु दुखद छ ।'
यसले नेपाली युवाहरूलाई कुलतमा फसाइरहेको सांसद शाहको भनाइ छ ।