
रुपन्देहीमा १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मायादेवी गाउँपालिका- १ अहिरौलीका २३ वर्षीय दुर्गेश चमार छन् ।
उनलाई शुक्रबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
चमारले ती किशोरीलाई आफ्नो घरमा लगी गएराति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय सूर्यपुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।