
डोटीमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
सायल गाउँपालिका– ४ डौडमा भएको दुर्घटनामा कृष्णपुर नगरपालिका–२ झलारी कञ्चनपुरका ४६ वर्षीय रामकृष्ण डगौराको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गाउँपालिकामा निर्माणाधीन अस्पताल भवनको लागि आवश्यक सामग्री पुर्याएर फर्किँदै गर्दा से २ त १७६० नम्बरको ट्याक्टर दुर्घटनामा परेको थियो ।
उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।