१९ असार २०८३, शुक्रबार
पुष्पलाल जन्मशताब्दी समारोह

वामपन्थी शक्तिहरू एकताबद्ध हुनुपर्छ : प्रचण्ड

असार १५, २०८१
काठमाडौं
वामपन्थी शक्तिहरू एकताबद्ध हुनुपर्छ : प्रचण्ड

​प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू वामपन्थी शक्तिहरू एकताबद्ध हुनुपर्छ भन्नेमा रहेको बताएका छन् ।

नेकपाका संस्थापक महासचिव पुष्पलालको ‘पुष्पलाल जन्मशताब्दी’ समारोहलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

नेपाली कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने प्रयासमा कम्युनिस्ट एवं वामपन्थी शक्तिहरूले भूमिका खेल्दै आएको उनले बताए ।

'विगतमा नेपाल दुई ठूला कम्युनिस्ट पार्टीलाई एकताबद्ध गर्ने प्रयासस्वरूप नेकपा निर्माण गर्‍यौं । तर कतिपय हाम्रा सीमा तथा कतिपय सन्दर्भमा वैचारिक प्रश्नहरूमा समान दृष्टिकोण निर्माण र बुझाइ कायम गर्ने कुरामा हतारिँदा एकता दिगो हुन सकेन,' प्रधानमन्त्री प्रचण्डले भने, 'विगतका अनुभवबाट समेत शिक्षा लिँदै वामपन्थी शक्तिहरूबीचको समीकरण सुदृढ गर्ने र सहकार्यलाई बलियो बनाउँदै जानुपर्छ ।'

व्यवस्थामा आएको परिवर्तनअनुरूप जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउने कोशिश जारी रहेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्