०२ साउन २०८३, शनिबार
गण्डकीमा सत्ता राजनीति

सर्वोच्चले पद थमौती गरिदिएपछि पुन: मन्त्री बन्दै फणीन्द्र

असार १६, २०८१
पाेखरा
सर्वोच्चले पद थमौती गरिदिएपछि पुन: मन्त्री बन्दै फणीन्द्र

सर्वोच्च अदालतले सांसद पद थमौती गरिदिएपछि गण्डकी प्रदेशसभामा फर्किएका फणीन्द्र देवकोटा मन्त्री बन्ने भएका छन् । उनलाई उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बनाउन लागिएको हो । 

प्रदेश प्रमुखकाे सचिवालयले लोकान्तरलाई दिएको जानकारीअनुसार देवकोटाले आइतवार साढे १० बजे मन्त्री पदको शपथ लिँदैछन् । 

नेकपा (माओवादी केन्द्र)को चिह्नबाट चुनाव जितेका उनले जेठ २८ गते नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए ।

त्यसको भोलिपल्ट नै ऊर्जामन्त्री नियुक्त भएका उनको सांसद पद ३२ जेठमा गएको थियो । माओवादीले दल त्यागसम्बन्धी कारबाही गरेपछि उनी सांसद र मन्त्री दुवै पदबाट मुक्त भएका थिए । 

यसविरुद्ध देवकोटा सर्वोच्च पुगे । सर्वोच्चले उनको मागबमोजिम अन्तरिम आदेश दिएपछि पुन: मन्त्री बन्ने बाटो खुलेको हो । मुद्दाको अन्तिम किनारा भने लाग्न बाँकी नै छ ।

अन्तरिम आदेशपछि देवकोटा शुक्रबार प्रदेशसभामा गएका थिए । तर, उनलाई सभामुख कृष्णप्रसाद धितालको निर्देशनअनुसार मर्यादापालकले बैठकमा प्रवेश गर्नबाट रोकेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्