११ साउन २०८३, सोमबार

प्रचण्डलाई नेपालको आग्रह– हिजो विघटन गरेर ठीक गरियो भन्नेले फेरि विघटन गरिदेलान्, ख्याल गर्नुस्

असार १६, २०८१
काठमाडौं
प्रचण्डलाई नेपालको आग्रह– हिजो विघटन गरेर ठीक गरियो भन्नेले फेरि विघटन गरिदेलान्, ख्याल गर्नुस्

नेकपा एकीकृत समाजवादी (नेकपा एस)का अध्यक्ष माधवकुमार नेपालले अहिले पनि प्रतिनिधि सभा विघटनको खतरा रहेको बताएका छन् । 

नेकपा एसको महाधिवेशन उद्‌घाटन समारोहलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै नेता नेपालले प्रतिनिधि सभा विघटन गराउन खोज्नेप्रति सतर्क रहन आग्रह गरेका हुन् ।

‘अहिले पनि खतरा छ प्रधानमन्त्रीजी, सुनिन्छ- विघटन गरेर ठीक गरियो भनेर बोलिरहेका छन् । हिजो विघटन गरेर ठीक गरियो भन्नेले भोलि फेरि विघटन गरिदेलान् ख्याल गर्नुस् । विघटन गर्नुपर्ने अत्यावस्यकता छैन,’ नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको नामै नलिई भने । 

नेता नेपालले पार्टी विद्रोहको औचित्य पटक-पटक पुष्टि भइसकेको दाबी गरे ।

‘पार्टी विद्रोहको औचित्य त्यही दिन पनि पुष्टि भएको थियो । विद्रोह नगरेको भए हामी या राजनीतिबाट सन्यास लिनु पर्थ्यो या आत्मसमर्पण गर्नुपर्थ्यो,’ नेपालले भने ।

salt training

कमेन्ट गर्नुहोस्