०९ साउन २०८३, शनिबार

बेचन झाविरुद्ध ठगी र संगठित अपराधमा ७ दिन म्याद थप

असार १६, २०८१
काठमाडौं
बेचन झाविरुद्ध ठगी र संगठित अपराधमा ७ दिन म्याद थप

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाललाई थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले ७ दिनको म्याद थप गरेको छ ।

ठगी र संगठित अपराधमा अनुसन्धान गर्न अदालतले ७ दिनको अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।

झालाई गत शुक्रबार कञ्चनपुरबाट नेपाल प्रहरीको विशेष ब्यूरोले नियन्त्रणमा लिएको थियो ।

उनी लामो समयदेखि फरार रहेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्