२९ जेठ २०८३, शुक्रबार

बुटवलका कृषकलाई ५० प्रतिशत अनुदानमा भैँसीका पाडी वितरण

असार १६, २०८१
बुटवल
बुटवलका कृषकलाई ५० प्रतिशत अनुदानमा भैँसीका पाडी वितरण

​रुपन्देही बुटवल उपमहानगरपालिकाले दूध प्रवर्द्धन कार्यक्रमअन्तर्गत पशुपालक किसानलाई पाडी वितरण शुरू गरेको छ ।

चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटअनुसार बुटवलले किसानलाई ५० प्रतिशत अनुदानमा भैँसीका पाडी वितरण शुरू गरेको हो ।

जसअनुसार आइतबार बुटवल १२, १५ र १६ मा ३३ वटा पाडी वितरण गरेको छ । एक कार्यक्रमका बीच नगर प्रमुख खेलराज पाण्डेयले बुटवललाई दूध उत्पादनमा सबल बनाउनका लागि भैँसीका पाडी वितरण गरिएको बताए । वितरण गरिएका पाडीहरूको बीमा गरी किसानलाई उपलब्ध गराइएको उनको भनाइ थियो ।

‘बुटवललाई दूध उत्पादनमा वृद्धि गर्ने उद्देश्यसहित किसानलाई पाडी वितरण गरिएको हो,' उनले भने, ‘किसानले यसको पूरा लाभ लिनुहुनेछ र बुटवललाई दूध उत्पादन बढाउन र किसानको आय वृद्धि गर्न मदत पुग्नेछ ।’

आइतबार ३३ वटा पाडी वितरण गरिएको र बाँकी सोमबार वितरण गरिने पशुपक्षी विकास अधिकृत झविन्द्र बञ्जाडेले बताए। उनका अनुसार चालू वर्षमा ९० जना किसानले पाडी अनुदानका लागि सम्झौता गरेका छन् ।

बुटवलले यसअघि किसानलाई दूध र दूधजन्य पदार्थमा आत्मनिर्भर बनाउन सहयोगी मिल्क चिलिङ भ्याट खरिदमा ५० प्रतिशत अनुदान दिएको छ। बुटवल उपमहानगरपालिका वडा नम्बर १४ मा रहेको अगुवा महिला दुग्ध उत्पादक सहकारी संस्थालाई मिल्क चिलिङ भ्याट खरिदमा अनुदान दिइएको हो ।

मिल्क चिलिङ भ्याट १ हजार लिटर क्षमताको हाफ राउण्ड ३ टन क्षमताको एकल रिजेनेरेशन युनिट, कन्ट्रोलप्यानलसहितको मशिन  उपलब्ध गराइएको हो ।​​

पशुपक्षी विकास अधिकृत बञ्जाडेले गाई-भैँसी गोठ सुधार तर्फ २८ जनालाई अनुदान प्रदान गरिएको उनले बताए । गाई भैँसी गोठ सुधार, बाख्रा कुखुरा खोर सुधार, मासु पसल, माछा पोखरी तथा बङ्गुर खोर सुधारतर्फ अनुदान दिएको उनले बताए।

आहारा सुधार सेवा कार्यक्रम अन्तर्गत उन्नत जातको घाँसको बिउ अनुदानमा वितरण गरेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्