२९ जेठ २०८३, शुक्रबार

नेपालमै पहिलोपटक २२ सिट क्षमताको विद्युतीय लक्जरी बस आउँदै, बुकिङ खुला

असार १६, २०८१
काठमाडौं
नेपालमै पहिलोपटक २२ सिट क्षमताको विद्युतीय लक्जरी बस आउँदै, बुकिङ खुला

शशिला मोटर्स प्रालिले Vanche ब्रान्डको २२ सिट क्षमताको नयाँ विद्युतीय यात्रुवाहक बस नेपाल भित्र्याउने भएको छ ।

एक पटकको फूल चार्जमा ३ सय किलोमिटर गुड्ने यो बसमा ४ सय एनएमको टर्क र १ सय ४० किलोवाटको पिक पावर रहने कम्पनीले बताएको छ ।​

सीएटीएल १ सय २३ किलोवाटको ब्याट्री  जडान हुने यो बसमा पूर्णरूपमा एयर कन्डिसन र सबैखाले सेफ्टी फिचर उपलब्ध हुनेछ भने लम्बाइ २५ फिट हुनेछ ।

फराकिला सिट र पर्याप्त खाली ठाउँ हुने भएकाले लामो तथा छोटो दुरीमा सञ्चालन गर्न यो बस यात्रु मैत्री हुने शशिला मोटर्स प्रालिका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले बताए । 

१ सय २३ किलोवाटको ब्याट्री  क्षमताको विद्युतीय गाडी नेपालमै पहिलोपटक ल्याउन लागिएको खतिवडाको दाबी छ । 

null

उनले बस आइपुग्नु भन्दा पहिलो आवश्यक पार्ट पुर्जा र सर्भिसिङ तथा मर्मत सबैको व्यवस्था मिलाइने र बस सञ्चालकलाई बिनाझन्झट सेवा दिने पनि बताए ।​

दशैंलाई लक्षित गरी ल्याउन लागिएको उक्त बसको बुकिङ भने अहिलेदेखि नै खुला भएको छ ।

विगत दश वर्षदेखि व्यावसायिक गाडीहरू विक्री वितरण गर्दै आएको शशिला मोटर्स पछिल्लो समय नेपालको लागि हाइगर विद्युतीय बसको आधिकारिक बिक्रेता रहेकोमा अब नेपालको लागि Vanche ब्रान्डका सबै बस तथा भ्यानहरूको पनि आधिकारिक बिक्रेता बनेको छ ।

जुन Sprinter डिजाइनको बस बनाउने चीनकै अग्रणी कम्पनी हो ।

salt training

कमेन्ट गर्नुहोस्