२८ जेठ २०८३, बिहीबार

विभिन्न स्थानमा तीन जना  मृतावस्थामा फेला

असार १६, २०८१
काठमाडौं
विभिन्न स्थानमा तीन जना  मृतावस्थामा फेला

 विभिन्न स्थानमा तीन जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार संखुवासभाको मकालु गाउँपालिका-३ गढीस्थित भिरमा सोही ठाउँस्थित मकालु वरूण राष्ट्रिय निकुञ्जमा कार्यरत खाँदवारी नगरपालिका-३ सुमन चोक घर भएका ५२ वर्षीय केशर बहादुर कार्की आइतबार मृत अवस्थामा फेला परेका छन् । 

यसैगरी खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१४ बुईपा बस्ने ७२ वर्षीय दिलशेर राई सोही ठाउँस्थित पञ्चेदोबाटोको खोल्सामा आइतबार मृत अवस्थामा फेला परेका छन् । शुक्रबार पञ्चेदोबाटो बजार जान्छु भनि हिँडेका उनी घर फर्की नआएपछि खोजी गर्ने क्रममा शव फेला परेको हो । 
रूकुम पश्चि मको मुसिकोट नगरपालिका-१ पारिवाङ बस्ने ३० वर्षीय टोपजंग रोकाया सोही नगरपालिका-१ छिङ माथिल्लो गाँउ जाने गोरेटो बाटोमा आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्