३० जेठ २०८३, शनिबार

संघीय संसद्का दुवै सदनको बैठक बस्दै [सम्भावित कार्यसूचीसहित]

असार १७, २०८१
काठमाडौं
संघीय संसद्का दुवै सदनको बैठक बस्दै [सम्भावित कार्यसूचीसहित]

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे बस्नेछ भने राष्ट्रियसभा बैठक दिउँसो सवा १ बजे शुरू हुने संसद् सचिवालयले जनाएको छ । 

सचिवालयका अनुसार प्रतिनिधिसभामा आज प्रश्नोत्तरको कार्यसूची छ । गृह, अर्थ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसम्बन्धी सांसदहरूको मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची छ । 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘लोक सेवा आयोगको ६४ औँ वार्षिक प्रतिवेदन पेस गर्ने, ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले ‘जलस्रोत विधेयक, २०८१’ प्रस्ताव प्रस्तुत गर्नेलगायत सम्भावित कार्यसूची छ । 

यस्तो छ प्रतिनिधि सभा सम्भावित कार्यसूची

null


यस्तै, राष्ट्रियसभा बैठकमा विनियोजन विधेयकमाथि छलफल हुनेछ । विनियोजन विधेयक, २०८१ का विभिन्न शीर्षकहरूमध्ये वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि छलफल हुनेछ ।

यस्तो छ राष्ट्रियसभा सम्भावित कार्यसूची

null


 

salt training

कमेन्ट गर्नुहोस्