०१ साउन २०८३, शुक्रबार

टी-२० विश्वकप विजेता भारतीय टोलीलाई १२५ करोड पुरस्कार दिने बीसीसीआईको घोषणा

असार १७, २०८१
काठमाडौं
टी-२० विश्वकप विजेता भारतीय टोलीलाई १२५ करोड पुरस्कार दिने बीसीसीआईको घोषणा

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले टी–२० विश्वकप जित्ने भारतीय क्रिकेट टोलीलाई १२५ करोड (भारु) पुरस्कार दिने घोषणा गरेको छ । बीसीसीआई सचिव जय शाहले सोसल मिडिया एक्समा पोस्ट गर्दै  विश्वकप विजेता भारतीय टोलीलाई १२५ करोड पुरस्कार दिने घोषणा गरेका हुन् । 

उनले लेखेका छन्, ‘आईसीसी टी–२० विश्वकप २०२४ जित्ने टिम इन्डियालाई १२५ करोड रुपैयाँको पुरस्कार घोषणा गर्न पाउँदा म खुसी छु । भारतीय टोलीले प्रतियोगिताभरि असाधारण प्रतिभा, दृढ संकल्प र खेलकुद प्रदर्शन गरेको छ। यस अद्भुत उपलब्धिको लागि सबै खेलाडी, प्रशिक्षक र सहयोगी स्टाफलाई बधाई छ।'

टी–२० विश्वकपको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै उपाधि जितेको थियो । 

टी–२० विश्वकप जितेकोमा भारतीय टोलीलाई आईसीसीले करिब २० करोड रुपैयाँ पुरस्कार दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्