१९ असार २०८३, शुक्रबार

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका समस्याबारे अध्ययन गर्न बनेको टोली भैरहवामा

असार १७, २०८१
बुटवल
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका समस्याबारे अध्ययन गर्न बनेको टोली भैरहवामा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका समस्याबारे अध्ययन गर्न बनेको प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको टोली रुपन्देही आएको छ ।

सार्वजनिक लेखा समितिले विमानस्थल सञ्चालनमा देखिएका चुनौती र त्यसको समाधानको पहल गर्न एमाले सांसद तथा पूर्व पर्यटनमन्त्री योगेश भट्टराईको संयोजकत्वमा समिति गठन गरेको थियो ।

भट्टराईसहित रुपन्देही–२ का सांसद तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल, रुपन्देही–१ का सांसद छविलाल विश्वकर्मा, रुपन्देही–५ का सांसद वासुदेव घिमिरे, रुपन्देही–४ का सांसद सर्वेन्द्रनाथ शुक्ला र लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लीला गिरी पनि अध्ययन टोलीमा छन् ।

रुपन्देहीको भैरहवामा रहेको विमानस्थल उद्‌घाटन भएको दुई वर्षभन्दा बढी समय बित्दा पनि सञ्चालनमा आउन सकेको छैन ।

समितिले विमानस्थल अवलोकन गर्नुका साथै सरोकारवालासँग छलफल गरेको छ ।

null

उनीहरूले विमानस्थलको ऐतिहासिक पृष्ठभूमि, निर्माणमा गरिएको लगानी, वैदेशिक ऋण, अनुदान, स्वदेशी, निर्माणको आवश्यकता र औचित्य, निर्माणमा भएका कमजोरी, विमानस्थलको क्षमता र विस्तार, उद्देश्य बमोजिमको प्रतिफलको सुनिश्चितता लगायतका विषयमा छलफल गरेका छन् ।

त्यस्तै भारतसँगको सीमानाका कारण विमानस्थल प्रयोगको चुनौती, विमानस्थल निर्माणको उद्देश्य अनुरूपको उपयोगको सुनिश्चिततासहितको भावी कार्ययोजना लगायतका विषयमा पनि गम्भीर छलफल भइरहेको समितिका एक सदस्यले बताए।

४० अर्ब खर्चेर बनेको विमानस्थल सञ्चालन नहुँदा लुम्बिनी क्षेत्रको पर्यटन व्यवसायमा सन्नाटा छाएको छ ।

केही विदेशी एयरलाइन्सहरूले भैरहवाबाट उडान भर्ने चासो दिए पनि आउन रुचि देखाएका छैनन् ।

उडान शुरू गरेका १/२ कम्पनीले समेत उडान स्थगित गरेका छन् । २०७९ जेठ २ गतेबाट विमानस्थल सञ्चालनमा आएको हो ।

salt training

कमेन्ट गर्नुहोस्