×

गौतमबुद्ध विमानस्थलले छिट्टै मुनाफा दिने अवस्थामा पुर्‍याउँछौं : उपाध्यक्ष पौडेल

बुटवल | असार १७, २०८१

नेकपा एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चल्न सक्ने पर्याप्त आधार भएको बताएका छन् ।

विमानस्थललाई हेरर निजी क्षेत्रले धेरै लगानी गरेको र पीडामा रहेकोले त्यो पीडा अस्थायी रहने उनले विश्वास व्यक्त गरे ।


Advertisment

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार आयोजना गरेको अन्तरक्रिया तथा छलफल कार्यक्रममा पौडेलले विमानस्थल राम्रोसँग चल्ने र राम्रो मुनाफा दिने गरी चल्ने विश्वास व्यक्त गरेका हुन् ।


Advertisment

विमानस्थल छोटो अवधिमै राम्रोसँग सञ्चालन हुन सक्ने उनको भनाइ छ ।

यो विमानस्थल चल्न नसके विकासप्रति नकारात्मक भाष्य सिर्जना हुने जोखिम रहेको पौडेलले बताए । अब कुनै प्रकारको ढिलासुस्ती र विलम्ब गर्न नहुने भन्दै उनले सार्वजनिक लेखा समितिले पहलकदमी लिनु सराहनीय रहेको बताए । 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन तथा अनुगमनका लागि नेकपा एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य योगेश भट्टराईको नेतृत्वमा ८ सदस्यीय उपसमिति बनेको छ ।

कार्यक्रममा बोल्दै भट्टराईले निजी क्षेत्रको चिन्ता र पीडा आफूहरूले महसुस गरेको बताए । 

पूर्व राज्यमन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य अब्दुल रज्जाकले विमानस्थल बनाउनेतर्फ मात्र ध्यान दिइएको तर चलाउन ध्यान नदिइएको बताए ।

लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ कलवारले लुम्बिनीको विकाससँगै बुद्धसँग सम्बन्धित सम्पूर्ण क्षेत्रको विकास हुनुपर्नेमा जोड दिए ।

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

संविधान संशोधनको सहमति र अन्तर्यमा लुकेको ‘दुई दलीय’ व्यवस्था !

संविधान संशोधनको सहमति र अन्तर्यमा लुकेको ‘दुई दलीय’ व्यवस्था !

असार १९, २०८१

नेपाली कांग्रेस र नेकपा (एमाले)बीच नयाँ सत्ता समीकरण बन्ने भएसँगै ‘संविधान संशोधन’ गर्ने विषय मुख्यरूपमा अघि सारिएको छ । यसले परिवर्तनका उपलब्धिलाई प्रतिबन्धित गर्छ कि गर्दैन भन्ने गम्भीर प्रश्न पनि उ...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

x