१२ असार २०८३, शुक्रबार

उर्लाबारीमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

असार १७, २०८१
विराटनगर
उर्लाबारीमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

मोरङको उर्लाबारीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

उर्लाबारी नगरपालिका- ६ गोपाल चोककी सीता बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए । उनका अनुसार सीताका छोरा प्रशान्त गम्भीर घाइते भएका छन् । 

८ वर्षका प्रशान्तको मदन भण्डारी ट्रमा सेन्टरमा उपचार भइरहेको  प्रहरी उपरीक्षक  कार्कीले बताए ।

प्रदेश ०३ –००१ क १०९० नम्बरको टिपरले प्रदेश १–०१०१४ प ६८३३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।​

टिपरको ठक्करबाट सीताको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।  टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनापछि स्थानीयले इलाका प्रहरी कार्यालय उर्लाबारी अगाडि नाराबाजी गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्