२१ जेठ २०८३, बिहीबार

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, मुक्तिनाथ जाने भारतीय पर्यटक बाटोमै रोकिए

असार १८, २०८१
बाग्लुङ
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, मुक्तिनाथ जाने भारतीय पर्यटक बाटोमै रोकिए
फाइल तस्वीर

अविरल वर्षासँगै पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । बागलुङको जैमिनी नगरपालिका–५ माझबौरस्थित सडकमाथिबाट पहिरो खस्दा  करिडोर अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हुँदा मुक्तिनाथ जाने भारतीय पर्यटकसहित जैमिनीको छिस्ती, जैदी, अर्जेवा, बिनामारेलगायत स्थानबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउने सवारीसाधन बाटोमै रोकिएका छन् । 

जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले राष्ट्रिय गौरवको आयोजनाले सडक खुलाउने प्रयास गरे पनि भारी वर्षाका कारण नसकेको बताए । 

वर्षा नरोकिँदासम्म सडक खुलाउन नसकिने उनले जानकारी दिए । 'अहिले भारी वर्षा जारी रहेको हुँदा सडक खुलाउन सकिएको छैन, सडकमाथिबाट लगातार पहिरो खसिरहेको छ,' उनले भने । 

यसैगरी करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पनि पहिराले सडक अवरुद्ध भएको छ । भारी वर्षाका कारण खुलाउन नसकिएको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले जानकारी दिए ।

सडक अवरुद्ध हुँदा दक्षिण बागलुङ सिधा यातायताबाट बिच्छेद भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्