
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादी प्रतीक थापालाई थुनामा पठाउने आदेश भएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश शकुन्तला कार्कीको इजलासले मङ्गलबार थापालाई थुनामा पठाउन आदेश गरेको हो ।
काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माका अनुसार ठगी लिखत कीर्ते र राज्य विरुद्ध संगठित अपराधसम्बन्धी कसुर मुद्दामा प्रतीक थापालाई कारागारमा थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने आदेश भएको हो।
प्रतिवादी थापा पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा हुन् ।
शरणार्थी प्रकरणको अभियोग पत्र दायर हुँदा उनी फरार थिए । शुक्रबार काठमाडौंको बौद्धबाट उनी परेका थिए ।
सोही अभियोगमा उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, निलम्बित सचिव टेकनारायण पाण्डे र गृहमन्त्री बादलमा तत्कालीन सल्लाहकार इन्द्रजित राईलगायत पुर्पक्षका लागि थुनामा छन् ।
उनीहरूसँगैका प्रतिवादी नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण भने धरौटीमा रिहा भएका थिए ।