२९ जेठ २०८३, शुक्रबार

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

असार १९, २०८१
काठमाडौं
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

नयाँ सत्ता समीकरणमा एमालेसँग समझदारी भएपछि नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

बुधबार बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निवासमा बस्ने गरी कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।

देउवाको निजी निवास, बूढानीलकण्ठमा बस्नेगरी बैठक आह्वान गरिएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

उनका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको पनि सहभागिता रहने छ ।

सोमबार राति कांग्रेस र एमालेबीच सत्ता सहकार्य गर्ने सहमति भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्