×

कोपा अमेरिका : क्वाटरफाइनल समीकरण पूरा, कोलम्बिया र ब्राजिल अन्तिम ८ मा

काठमाडाैं | असार १९, २०८१

कोलम्बिया र ब्राजिल कोपा अमेरिकाको क्वाटरफाइनलमा पुगेका छन् । बुधबार बिहान सम्पन्न समूह चरणको अन्तिम खेलमा १-१ गोलको बराबरी खेल्दै समूह डीबाट दुवै टोली क्वाटरफाइनल पुगेका हुन् ।

खेलमा ब्राजिलले खेलको १२औं मिनेटमा राफिन्हाको गोलमा शुरूआती अग्रता लिएको थियो । 


Advertisment

खेलको ४५औं मिनेटपछिको इन्जुरी समयमा कोलम्बियाका डानियल मुन्जोले खेल बराबरीमा ल्याए । त्यसपछि खेलमा कुनै गोल भएन र खेल बराबरीमा सकियो ।


Advertisment

बराबरीपछि कोलम्बिया २ जीत र एक बराबरीसहित ७ अंक हासिल गर्दै शीर्ष स्थानमा रहेर क्वाटरफाइनलमा पुगेको हो । ब्राजिलको ३ खेलमा एक जीत र २ बराबरीसहित ५ अंक हासिल गरेर दोस्रो हुँदै क्वाटरफाइनलमा पुगेको हो । समूह डी मा रहेका कोस्टारिका र पाराग्वे भने बाहिरिएका छन्।

अब क्वाटरफाइनलमा ब्राजिलले उरुग्वेको सामना गर्ने छ भने कोलम्बियाले पानामाको सामना गर्ने छ ।

null

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

सत्ता उलटफेरताका नेताको दिमागमा के चल्छ ?

सत्ता उलटफेरताका नेताको दिमागमा के चल्छ ?

असार २०, २०८१

सामान्यतया दिमागी अवस्थाका बारेमा मेडिकल साइन्सका केही स्थापित तथ्य र तमाम रिसर्चहरू छन् । तर, संसारमा उथलपुथल ल्याउने केही लाइक माइन्डेड राजनीतिज्ञका दिमागहरू अलि फरक खालका हुन्छन्, जहाँ मेडिकल साइन्स र पोलिटि...

संविधान संशोधनको सहमति र अन्तर्यमा लुकेको ‘दुई दलीय’ व्यवस्था !

संविधान संशोधनको सहमति र अन्तर्यमा लुकेको ‘दुई दलीय’ व्यवस्था !

असार १९, २०८१

नेपाली कांग्रेस र नेकपा (एमाले)बीच नयाँ सत्ता समीकरण बन्ने भएसँगै ‘संविधान संशोधन’ गर्ने विषय मुख्यरूपमा अघि सारिएको छ । यसले परिवर्तनका उपलब्धिलाई प्रतिबन्धित गर्छ कि गर्दैन भन्ने गम्भीर प्रश्न पनि उ...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

x