२८ जेठ २०८३, बिहीबार

कोपा अमेरिका : क्वाटरफाइनल समीकरण पूरा, कोलम्बिया र ब्राजिल अन्तिम ८ मा

असार १९, २०८१
काठमाडौं
कोपा अमेरिका : क्वाटरफाइनल समीकरण पूरा, कोलम्बिया र ब्राजिल अन्तिम ८ मा

कोलम्बिया र ब्राजिल कोपा अमेरिकाको क्वाटरफाइनलमा पुगेका छन् । बुधबार बिहान सम्पन्न समूह चरणको अन्तिम खेलमा १-१ गोलको बराबरी खेल्दै समूह डीबाट दुवै टोली क्वाटरफाइनल पुगेका हुन् ।

खेलमा ब्राजिलले खेलको १२औं मिनेटमा राफिन्हाको गोलमा शुरूआती अग्रता लिएको थियो । 

खेलको ४५औं मिनेटपछिको इन्जुरी समयमा कोलम्बियाका डानियल मुन्जोले खेल बराबरीमा ल्याए । त्यसपछि खेलमा कुनै गोल भएन र खेल बराबरीमा सकियो ।

बराबरीपछि कोलम्बिया २ जीत र एक बराबरीसहित ७ अंक हासिल गर्दै शीर्ष स्थानमा रहेर क्वाटरफाइनलमा पुगेको हो । ब्राजिलको ३ खेलमा एक जीत र २ बराबरीसहित ५ अंक हासिल गरेर दोस्रो हुँदै क्वाटरफाइनलमा पुगेको हो । समूह डी मा रहेका कोस्टारिका र पाराग्वे भने बाहिरिएका छन्।

अब क्वाटरफाइनलमा ब्राजिलले उरुग्वेको सामना गर्ने छ भने कोलम्बियाले पानामाको सामना गर्ने छ ।

null

salt training

कमेन्ट गर्नुहोस्