
मधेश प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंह नेतृत्वको सरकारलाई नेकपा एमालेले विश्वासको मत दिने भएको छ ।
एमाले मधेश प्रदेश सभाका प्रमुख सचेतक हरिनारायण महतोले जनमत पार्टीको नेतृत्वको सरकारलाई विश्वासको मत दिने जानकारी दिए ।
सिंहले भोलि बिहान ११ बजे प्रदेश सभा समक्ष विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
मधेश प्रदेशमा जनमत नेतृत्वको सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल सङ्घीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी सहभागी छन् ।