
माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट अङ्क ल्याउने पाल्पाका विद्यार्थीलाई रामपुर नगरपालिकाले सम्मान गरेको छ ।
नगरको नमूना विद्यालय दरैठाँटी माध्यमिक विद्यालयबाट चार जिपिए ल्याइ जिल्लामै उत्कृष्ट हुन सफल छात्रा पूर्णिमा लक्ष्मी कुँवरलाई नगरपालिकाले नगदसहित सम्मान गरेको हो ।
छात्रा कुँवरलाई नगर प्रमुख रमणबहादुर थापा, उपप्रमुख बालकुमारी थापा र प्रमुख प्रशासकीय अधिकृत सुदर्शन पण्डितले नगद रु १० हजार र सम्मान–पत्रसहित दोसल्ला ओढाइ सम्मान गरे । १५औँ नगरसभाको अवसरमा नगरपालिकाले सम्मान गरेको हो ।
दरैठाँटी माविका प्रधानाध्यापक सुन्दरप्रसाद देवकोटा र एसइईमा उत्कृष्ट अङ्क ल्याएकी कुँवरका अभिभावक मानबहादुर कुँवरलाई पनि सम्मान नगरपालिकाले सम्मान गरेको छ ।