२२ असार २०८३, सोमबार

काठमाडौं उपत्यकामा रातिदेखि निरन्तर वर्षा, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

असार २२, २०८१
काठमाडौं
काठमाडौं उपत्यकामा रातिदेखि निरन्तर वर्षा, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं उपत्यकामा रातिदेखि निरन्तर वर्षा भइरहेको छ ।

उपत्यकाका विभिन्न वर्षा मापन केन्द्रमा मध्यम तथा भारी वर्षा मापन भएको बढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

थप वर्षा हुन सक्ने सम्भावना रहेकोले उपत्यकाको नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

ललितपुरस्थित खोड्कु खोला झरुवारासी जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको छ । जलसतह बढ्दो क्रममा रहेको तथा नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन भन्दै महाशाखाले एसएमएस अलर्ट जारी गरेको हो ।

यस्तै, काठमाडौंका बाग्मती, ​धोबिखोलालगायत नदीमा पानीको सतह बढ्दो क्रममा रहेको महाशाखाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्