
दोलखाको गौरीशंकर गाउँपालिका–९ स्थित डोडाङमा अविरल वर्षापछि आएको बाढीले बगाएर एकजना बेपत्ता भएका छन् ।
रोल्वालिङ खोलाको बाढीले शुक्रबार राति सोही पदमार्गस्थित डोडाङमा होटल सञ्चालन गर्दै आएकी ६४ वर्षीया जाङ्मु शेर्पा सम्पर्कविहीन भएकी गौरीशङ्कर–९ का वडाध्यक्ष निमा गेली शेर्पाले बताए ।
वडाध्यक्ष शेर्पाले बाढीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको बताए ।
छ्योतछयोत सिमिगाउँका जाङ्मु शेर्पा करिब ३० वर्षदेखि गौरीशङ्कर–९ डोडाङमा होटल व्यवसाय गर्दै आएकी थिइन् ।
यस्तै, बाढीले तीन वटा घर बगाएको उनले बताए ।