
नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक शुरू भएको छ ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा शनिबार दिउँसो दशौं महाधिवेशनपछिको प्रथम केन्द्रीय कमिटी बैठक बसेको हो ।
बैठकमा दशौं राष्ट्रिय महाधिवेशनका स्वयंसेवकहरूलाई कुशलतापूूर्वक महाधिवेशन सम्पन्न गरेकोमा अध्यक्ष माधवकुमार नेपालले प्रशंसापत्र प्रदान गरेका छन् ।
यस्तै, आजै आयोजित कार्यक्रममा भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठन समाजवादीले नवनिर्वाचित केन्द्रीय कमिटीलाई बधाई ज्ञापन गरेको छ ।