
देवघाटस्थित नारायणी नदीमा जलसतह सतर्कता तहले खतरा तह पार गरेको छ ।
भारी वर्षाका कारण नदीमा पानीको बहाव बढेर खतरा तह पार गरेको हो ।
नारायणी नदी देवघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह (९ मि) पार गरेको विभागले जनाएको हो ।
यसका साथै विभागले नवलपरासी पूर्व र चितवनको नदी तटीय क्षेत्रमा रहेकाहरूलाई राति १२ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
साथै सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ ।
#smsalert
असार २२, दिउँसो ३:५० बजे
नारायणी नदी देवघाट बाढीमापन केन्द्रमा जलसतह खतरातह (९ मि) पार गरेको र थप बढ्ने रहेकोले नवलपरासी (पूर्व) र चितवनको नदी तटीय क्षेत्रमा रहनुहुनेहरू राती १२ बजे सम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहनुहोला।@NDRRMA_Nepal— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 6, 2024