१९ असार २०८३, शुक्रबार

काभ्रेमा अवरुद्ध  सडक सशस्त्र प्रहरीले खुलायो

असार २२, २०८१
काठमाडौं
काभ्रेमा अवरुद्ध  सडक सशस्त्र प्रहरीले खुलायो

बाढी र पहिरोले अवरुद्ध बनेको काभ्रेको पाँचखाल-चार पिप्ले भित्री सडक खण्ड सशस्त्र प्रहरीले खुलाएको छ ।

बाढीका कारण शनिबार दिउँसो अवरुद्ध बनेको काभ्रेको पाँचखाल नगरपालिका- ४ स्थित उक्त सडक अहिले सञ्चालनमा आएको छ ।

विभिन्न स्थानमा खसेको लेदो तथा पहिरो सफा गरेर सडक सञ्चालनमा ल्याइएको सशस्त्र प्रहरीका सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

उनका अनुसार सडकमा खसेको पहिरो सशस्त्र प्रहरी बल नेपाल, नम्बर १५ गण काभ्रेबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर बडुवाल कमान्डको  टोलीले पन्छाएको हो ।

अहिले सो सडकमा सवारीसाधन बिनाअवरोध सञ्चालन भइरहेका उनले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्