२६ असार २०८३, शुक्रबार

तनहुँको शुक्लागण्डकीमा पहिरो : ३ जना बेपत्ता

असार २२, २०८१
तनहुँ
तनहुँको शुक्लागण्डकीमा पहिरो : ३ जना बेपत्ता
फाइल तस्वीर

तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा पहिरोमा परेर तीन जना बेपत्ता भएका छन् ।

शुक्रबारदेखि परेको अविरल वर्षाका कारण आज दिउँसो गएको पहिरोमा परेर स्थानीय तीन जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

बेपत्ता हुनेमा स्थानीय ४० वर्षीय हीरा नेपाली, ३७ वर्षीया अनीषा बास्तोला र ६५ वर्षीय श्याम भण्डारी रहेको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए ।​

उनका अनुसार ​पहिरोमा परेर बेपत्ता भएकाको खोजी भइरहेको छ ।

नेपाली सेना, नेपाल प्रहरी, स्थानीयवासीको सहयोगमा बेपत्ता भएकाको खोजी भइरहेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्