
अविरल वर्षाका कारण गढवा गाउँपालिका–५ स्थित गङ्गदी खोलामा आएको बाढीले रा१त २१६६ नंको ट्र्याक्टर पल्टाउँदा एकजनाको मृत्यु भएको छ ।
खोलाले ट्र्याक्टर पल्टाउँदा सोही ठाउँका ५५ वर्षीय छेदीराम चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिइन् । उनका अनुसार अविरल वर्षाका कारण लमही नगरपालिका–७ हस्नापुरस्थित राप्ती नदीको आएको बाढीमा फसेकामध्ये दुईजनाको सकुशल उद्धार गरिएको छ भने एकजना बेपत्ता भएका छन् ।