२६ जेठ २०८३, मंगलबार

राप्रपाको प्रमुख सचेतकमा गिरी

कात्तिक २०, २०७४
राप्रपाको प्रमुख सचेतकमा गिरी


dilnathकाठमाडौँ, २४ मङ्सिर - राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलको प्रमुख सचेतकमा दिलनाथ गिरी चयन भएका छन् ।
पार्टीको आज बसेको संसदीय दलको बैठकले दलका सचेतकमा परशुराम तामाङ, सदस्य सचिवमा आनन्ददेवी पन्त तथा कोषाध्यक्षमा दिनेश श्रेष्ठलाई तोकेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राप्रपाबीच एकीकरण भएपछि गिरी पुनःप्रमुख सचेतक बनेका हुन् । उनी यसअघि राप्रपा नेपालको प्रमुख सचेतक थिए ।
यसैगरी बैठकले सातवटै प्रदेशमा मङ्सिरको अन्तिम सातादेखि पुसको पहिलो सातासम्म प्रादेशिक बैठक गर्ने निर्णय गरेको राप्रपाका नेता राजाराम श्रेष्ठले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्