
ललितपुरको पाटन अस्पताल अगाडि सञ्चालनमा रहेको श्रीराम फार्मेसीका सञ्चालक लक्ष्मण महर्जन पक्राउ परेका छन् ।
औषधि व्यवस्था विभागको टोलीले अनुगमन गर्दा उक्त फार्मेसीले बिलबिना नै औषधि खरिद गरेको पाइएपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
अनुगमन टोलीले फार्मेसीबाट बिल नभएका २३० थान औषधिसमेत बरामद गरेको छ ।
परिसरका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार महर्जनलाई विभागको अनुरोधमा प्रहरी हिरासतमा राखिएको हो ।