
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदीय दलको बैठक बोलाएको छ ।
बिहीबार दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको नेता बुद्धिमान तामाङले जानकारी दिए ।
उक्त बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिनेलगायत विषयबारे बैठकमा छलफल हुने बताइएको छ । प्रधानमन्त्रीले शुक्रबार विश्वासको मत लिँदैछन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पर्सि, शुक्रबार विश्वासको मत लिंदैछन् ।