०२ साउन २०८३, शनिबार

पाकिस्तान प्रशासित काश्मिरमा सडक दुर्घटनाः १३ जनाको मृत्यु

असार २७, २०८१
काठमाडौं
पाकिस्तान प्रशासित काश्मिरमा सडक दुर्घटनाः १३ जनाको मृत्यु

इस्लामाबाद–पाकिस्तान प्रशासित काश्मिरमा बुधबार भएको सडक दुर्घटनामा कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

नीलम जिल्लामा एउटा यात्रुबाहक भ्यान खाल्डोमा खसेको उद्धार कर्ता संस्था ‘रेस्क्यु ११२२’ले जनाएको छ ।

संस्थाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पाकिस्तान प्रशासित काश्मिरको नीलम जिल्लामा एउटा यात्रुबाहक भ्यान खाल्डोमा खसेको छ । चालकले जिल्लाको पहाडी भू–भागमा तीव्र गतिले चलाएको गाडी मोड्न खोज्दा दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।’

दुर्घटनामा परेका ती यात्रुको शव घटनास्थलबाट निकालेर नजिकैको अस्पतालमा लगिएको छ । शवको पोस्टमार्टमपछि  मृतक सबैलाई आफन्तको जिम्मा लगाइने छ ।

पाकिस्तानमा पूराना गाडी, सडकको मर्मतसम्भारको कमी, सडक सुरक्षा नियमको उल्लङ्घन र लापरबाहीपूर्वक गाडी चलाउँदा सडक दुर्घटना हुँदा बर्षेनी हजारौँ मानिसले अकालमा ज्यान गुमाउनु परेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्