१९ असार २०८३, शुक्रबार

बाराको पसाहा पुल नजिकै बस दुर्घटना, १३ जना घाइते

असार २७, २०८१
बारा
बाराको पसाहा पुल नजिकै बस दुर्घटना, १३ जना घाइते

बाराको  जीतपुर सिमरा उपमहानगरपालिका– १६ स्थित पसाहा पुल नजिकै यात्रुवाहक बस दुर्घटना भएको छ ।

बिहीबार भएको दुर्घटनामा १३ जना घाइते भएका छन् ।​

मलंगवाबाट वीरगन्ज जाँदै गरेको ना ४ ख ७१९४ नम्बरको बस अनियन्त्रित भएर दुर्घटना भएको हो । बसमा ३१ जना सवार थिए ।

घाइते १३ जनाको सशस्त्र प्रहरी बलको रिजर्भ गणबाट खटिएको टोलीले उद्धार गरेको छ ।

दुर्घटनामा दुई जना गम्भीर घाइते भएका सशस्त्र प्रहरी बल मुख्यालयका सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

गम्भीर घाइते दुई जनालाई सशस्त्रकै गाडीमा राखेर सिमरा अस्पताल पुर्‍याइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्