०६ असार २०८३, शनिबार

निर्माण व्यवसायीको ६० अर्ब भुक्तानी नहुँदा ‘आपूर्ति चक्र’ अस्तव्यस्त

असार २७, २०८१
काठमाडौं
निर्माण व्यवसायीको ६० अर्ब भुक्तानी नहुँदा ‘आपूर्ति चक्र’ अस्तव्यस्त

नेपाल निर्माण व्यवसायी महासङ्घले राज्यबाट ६० अर्ब रुपैयाँ भुक्तानी लिन बाँकी रहेको जनाएको छ ।

महासङ्घले आज पत्रकार सम्मेलन गरेर चालू आर्थिक वर्ष समाप्त हुन चार दिनमात्रै बाँकी रहेकाले अविलम्ब व्यवस्था गर्न सरकारसँग माग गरेको छ । 

महासङ्घका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरूको अरबौं रकम भुक्तानी नहुँदा ‘आपूर्ति चक्र’ नै अस्तव्यस्त भई निर्माणसँग सम्बन्धित उद्योगहरू नै बन्द हुने स्थिति उत्पन्न भएको बताए ।

'बैंकको किस्ता र अन्य कर तिर्न नसकी हजारौं व्यवसायी मात्र प्रताडित भएका छैनन्, उनीहरूमा आश्रित उद्योग तथा परिवारमा  मनोवैज्ञानिक दबाब परेको छ,' अध्यक्ष सिंहले भने ।

आर्थिक वर्षको अन्त्यमा स्रोत सुनिश्चितता नभई ठेक्का लगाएकाले रकमान्तर गर्न नसकिने जनाउ अर्थ मन्त्रालयले  दिएका कारण हजारौं व्यवसायी प्रभावित भएका उनले बताए ।

यही २०८१ असार मसान्तसम्ममा सबै रकम भुक्तानी नदिए बाध्य भएर आन्दोलन गर्नुको कुनै विकल्प नभएको उनले बताए ।

विभिन्न जिल्लाका आफ्ना सहकर्मी आन्दोलनमा उत्रिएका जानकारी दिँदै उनले त्यस्तो परिस्थिति ननिम्तियोस् भन्नेमा आफूहरू रहेको अध्यक्ष सिंहले बताए ।

salt training

कमेन्ट गर्नुहोस्