
सरकारका एक जना पनि मन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ ।
बिहीबार अपरान्ह बसेको बैठकको शुरूमै सभामुखसँग समय लिएर नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकारको प्रतिनिधि उपस्थित नभएपछि बैठक चलाउन नमिल्ने बताए ।
त्यसपछि सभामुख देवराज घिमिरेले बिहीबारका लागि निर्धारित कार्यसूची हटाएर बैठक स्थगित गरेका हुन् ।
संसद् बैठकको समयमा सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बसेको थियो ।
अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले शुक्रबार बिहान ११ बजे बस्ने बैठकमा विश्वासको मत माग्दैछन् ।