१० साउन २०८३, आइतबार

श्रीलङ्कामा छ महिनाभित्र सडक दुर्घटनामा परी एक हजार १०० भन्दा बढीको मृत्यु

असार २७, २०८१
काठमाडौं
श्रीलङ्कामा छ महिनाभित्र सडक दुर्घटनामा परी एक हजार १०० भन्दा बढीको मृत्यु

श्रीलङ्कामा सन् २०२४ को पहिलो छ महिनामा एक हजार १०३ सडक दुर्घटना भएको र यसका कारण एक हजार १५४ जनाको मृत्यु भएको यहाँको सरकारी तथ्याङ्कले देखाएको छ ।

श्रीलङ्काका यातायात राज्यमन्त्री लासन्था अलागियावान्नाले देशमा सडक दुर्घटना दर बढी भएको स्वीकार गर्दै यसलाई नियन्त्रणका लागि सरकारले यथासम्भव प्रयास जारी राख्ने बताए । 

राष्ट्रिय सडक सुरक्षा परिषद्ले गति नियन्त्रण उपकरण खरिदका लागि श्रीलङ्का प्रहरीलाई पाँच करोड भारतीय रूपैयाँ (करिब एक लाख ६५ हजार अमेरिकी डलर) विनियोजन गरेको र आगामी दुई हप्ताभित्र नयाँ सडक गति सीमासहितको राजपत्र पनि जारी गरिने उनले बताए । 
श्रीलङ्कामा सन् २०२३ मा दुई हजार २०० सवारी दुर्घटना भएको र यसबाट दुई हजार ५५७ जनाको अकालमा मृत्यु भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्