
पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध बन्न पुगेको छ । माथिबाट पहिरो खस्दा तनहुँको व्यास नगरपालिका वडा नम्बर १२ घाँसी कुवास्थित पृथ्वी राजमार्ग सडक खण्ड अबरुद्ध बनेको हो ।
शुक्रबार बिहान २ः४० बजेको समयमा माथिबाट हिलोसहितको पहिरो खस्न जाँदा दुइतर्फी बाटो अवरोध भएको र उक्त पहिरो हटाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।