
कास्कीमा पहिरोमा पुरिएर ७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । पोखरा महानगरपालिका–१९ स्थित पुरनचौरमा अविरल बर्षापछि गएराति पहिरो खस्दा एकै परिवारका ६ जना सहित ७ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा स्थानीय ४७ वर्षीय कुलबहादुर परियार, उनकी श्रीमती ४३ वर्षीया मनकुमारी, आमा ८५ वर्षीया लक्षिमा, छोरी १५ वर्षीय प्रश्ना, २० वर्षीया प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित परियार र तल्लाकोट बस्ने राधिका परियार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।