२४ असार २०८३, बुधबार

पृथ्वी राजमार्गमा पुल मर्मत हुँदैः नौबीसे–मलेखु सडक राति १० देखि बिहान ३ बजेसम्म बन्द हुने

असार २८, २०८१
काठमाडौं
पृथ्वी राजमार्गमा पुल मर्मत हुँदैः नौबीसे–मलेखु सडक राति १० देखि बिहान ३ बजेसम्म बन्द हुने

सडक विभागले गत बुधबारदेखि पृथ्वी राजमार्गअन्तर्गत नौबीसे–मलेखु सडकखण्डमा पर्ने गणेश खोला, डाङ्डुङ खोला, खेस्टे खोला र पोखरे खोलाका पुल मर्मत गर्नुपर्ने भएकाले राति १० देखि बिहान ३ बजेसम्म बन्द गरिएको बताएको छ । 

यातायात आवागमनमा बाधा र सडक प्रयोगकर्तालाई हुनसक्ने सम्भावित जोखिमलाई दृष्टिगत गरी उक्त सडक बन्द गर्ने निर्णय भएको विभागले जनाएको छ ।

‘आगामी साउन ९ गतेसम्म हरेक दिन राति १० बजेदेखि बिहान ३ बजेसम्म सम्पूर्ण सवारीसाधनलाई (एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधनबाहेक) पूर्ण रूपमा रोकिने व्यहोरा जानकारी गराइन्छ,’ विभागद्वारा जारी सूचनामा भनिएको छ ।

विभागले वैकल्पिक मार्गका रूपमा गल्छी– विदुर– छहरे– टोखा सडक प्रयोग गर्न सम्बद्ध सबैलाई आग्रह गरेको छ । 

null
 

salt training

कमेन्ट गर्नुहोस्